हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको माग गर्दै राप्रपा सडकमा, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १७ पुस २०७७, १४ : ३८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो ।
काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस प्रदर्शनीमार्गमा जम्मा भएर भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो ।
विरोध जुलुसमा राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहित नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
पार्टीले हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनासहित भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्यालगायतका विषयको समाधान गर्न सरकारलाई दवाव दिन प्रदर्शन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी गराए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण