आफ्नो नीजि जीवनमा फोटोग्राफरको दखलमा रिसाइन् अनुष्काः भनिन्, ‘अहिले नै बन्द गर यी सब’
बलिउड अभिनेत्री अनुष्का शर्मा, श्रीमान् विराट कोहलीसँग आफ्नो घरको बालकोनीमा सँगै बसिरहेकी थिइन् । उनीहरुको यो नीजि पललाई फोटोग्राफरले आफ्नो क्यामरामा कैद गरे जुन प्रकाशित पनि गरियो ।
तर आफ्नो यस्तो तस्बिर सार्वजनिक भएकोमा अनुष्काले आफ्नो रिस पोखेकी छिन् । उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै लेखिन्, ‘फोटोग्राफर र पब्लिकेसनलाई थुप्रै पटक यसो नगर्न भन्दा पनि उनीहरु हाम्रो गोपनियतामा दखल दिइरहेका छन् । अहिले नै बन्द गर यी सब ।’
अनुष्काको तस्बिरमा फोटोग्राफरले उनीहरुका कुन चाँहि तस्बिर सेयर गरेका थिए भनेर देख्न सक्नुहुन्छ ।
एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा अनुष्काले आफूहरुले आफ्नो बच्चालाई सोसल मिडियामा ल्याउन नचाहेको जानकारी दिएकी छिन् ।
स्मरण रहोस्, अनुष्का यहि महिना आमा बन्दै छिन् । यस्तो समयमा अनुष्का आफ्नो धेरैभन्दा धेरै समय आफ्नो परिवार र विराटसँग बिताइरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण