शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहकारीमा नयाँ नियम, १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारीले राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने

बिहीबार, २३ पुस २०७७, १६ : २२
बिहीबार, २३ पुस २०७७

काठमाडौं । सहकारी संस्थाहरुले गोएएमएल सफ्टवेयर सिस्टममार्फत नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा एसटिआरर टिटिआरको रिपोर्टिङ गर्नुपर्ने भएको छ । १० करोडभन्दा बढी कारोबार गर्ने सम्पूर्ण सहकारीले अनिवार्य रुपमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था सहकारी विभागले गरेको छ । 

आगामी साउनदेखि  १० करोडभन्दा बढी निक्षेप तथा पुँजी भएका बचत तथा ऋण सहकारी संस्थाले गोएमएल मार्फत रिपोर्टिङ गर्नुपर्ने छ ।  सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरेको निर्देशन, २०७४ को दफा १९ र २० बमोजिम सहकारी संस्थाहरुले सीमा कारोबार (टिटिआर), शंकास्पद कारोबार प्रतिवेदन (एसटिआर) राष्ट्र बैंक पठाउने व्यवस्था गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप