बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको १४औं साधारणसभा सम्पन्न, ४.६३% लाभांश वितरण गर्ने प्रस्ताव पारित

बुधबार, २९ पुस २०७७, १४ : ०९
बुधबार, २९ पुस २०७७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकको चुक्ता पुँजी २,५४,०१,९५,३५२.०२ को ४.४० प्रतिशतका दरले हुने रकम रु. ११,१७,६८,३७९.५७ बोनस सेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात रु. ५८,८२,५४६.२९  बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी कूल ४.६३ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो । 

बैंकले आ.व. २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक जी.पी. राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पुन नियुक्ति गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप