पहिला संविधान जोगाऔं, त्यसपछि निर्वाचनः रामचन्द्र पौडेल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। सोमवार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्–‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ।’
पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिँदै यसपछिमात्र निर्वाचनमा जानु उपयुक्त हुने मत पेश गर्दै आएका छन्। वरिष्ठ नेता पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्नेसमेत बताए ।‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन् । त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ,’ उनले भने ।
काँग्रेसको संस्थापन पक्ष चुनाव वा प्रतिनिधि सभा दुबै स्विकार्न तयार रहेको बेला पौडेल पक्ष भने पहिले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने पक्षमा छन् ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। ओलीको कदम असंवैधानिक भन्दै काँग्रेस सडकमा ओर्लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण