बाइडेनको सपथ समारोहमा छायो लेडी गागाको लुक
बुधबार अमेरिकाले आफ्नो ४६ औं राष्ट्रपति पाएको छ । जो बाइडेनको सपथ ग्रहण समारोहमा थुप्रै हस्तीको उपस्थिती रह्यो र आफ्नो प्रस्तुतीले सबैको मन जित्न सफल पनि भए ।
यो सूचीमा पप स्टार लेडी गागाको नाम आउनु स्वभाविक छ । गायिकाले आफ्नो भिन्न शैलीमा प्रस्तुती दिइन् र सधैं झैं उनी चर्चामा आउने सिलसिला जारी रह्यो ।
लेडी गागाले बाइडेनको सपथ समारोहमा अमेरिकाको राष्ट्रगान गाएकी थिइन् । उनले बुलन्द आवाजमा जब अमेरिकाका राष्ट्रगान गाइन् तब सबैले उनलाई मात्रै हेरिरहे ।
हुन त सपथ समारोहमा लेडी गागाको लुकको पनि निकै चर्चा रह्यो । गायिकाको पहिरनको पनि धेरैले चर्चा गरे ।
गायिकाले आफ्नो पहिरनमा परेवाको ब्याच पनि लगाएकी थिइन् । लेडी गागाले यसलाई शान्तिको प्रतिकको रुपमा यसलाई लगाएकी थिइन् ।
उनले सोसल मिडियामा यो ब्याचको फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘जैतुनको हाँगासहित एउटा परेवा ।’
गायिकाको हेयरस्टाइलले पनि धेरैको ध्यान खिचेको थियो । उनले आफ्नो कपालमा कालो रङको रिबन लगाएकी थिइन् । यस्तै गागाको रातो रङको लिपस्टिकले पनि उनको सुन्दरतालाई बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण