शाहरुखको फिल्म सेटमा सहायकले हाने निर्देशकलाई थप्पड, आदित्य चोपडाले बढाए स्टुडियोको सुरक्षा
शाहरुख खानको आउँदो फिल्म पठानको सेटमा सहायक निर्देशकले निर्देशक सिद्धार्थ आनन्दलाई थप्पड हानेको घटनालाई निर्माता आदित्य चोपडाले निकै गम्भीरतापूर्वक लिएका छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने एकातिर उनले यशराज स्टूडियाको सुरक्षा कडा गरिदिएका छन् भने सेटमा घटित यो घटनाको अनुसन्धानको आदेश पनि दिएका छन् ।
सेटमा यस्तो पहिले कहिल्यै भएनः
स्पटबोयको रिपोर्टमा आदित्य चोपडाका एक नजिकका साथीलाई उद्धृत गर्दै लेखिएको छ, ‘यसअघि उनको सेटमा पहिले कहिले भएको थिएन । विशेषगरी शाहरुख खान स्टारर फिल्मको सेटमा त झन् फिटिक्कै भएको छैन । आदित्यले यसलाई हल्का रुपमा लिएका छैनन् । उनले यो घटनाको अनुसन्धानको आदेश पनि दिएका छन् ।’
यसै रिपोर्टमा यो पनि लेखिएको छ कि शाहरुख खान सेटमा महिलाको सुरक्षाका लागि चिन्तित छन् । ती साथीका अनुसार आदित्यले उनलाई भने, ‘हामी सेटमा मानिसबीच कुनै पनि प्रकारको झगडा हेर्न चाहँदैनौं ।’

निर्माता आदित्य चोपडा र निर्देशक सिद्धार्थ आनन्द
आखिर के भएको थियो पठानको सेटमा ?
बुधबार दिनभरी मिडिया र सोसल मिडियामा फिल्मको सेटमा एक सहायक निर्देशकले सिद्धार्थलाई थप्पड हानेको खबर चलिरह्यो । खबरका अनुसार सहायकले सेटमा नो क्यामरा, नो मोबाइलको नियम लगातार तोडिरहेका थिए । उनी सिद्धार्थले रोकेपछि पनि रोकिएनन् । उल्टै उनले गाली गर्न सुरु गरे । रिसमा जब सिद्धार्थले उनलाई थप्पड हान्दा उनले पनि थप्पड नै हानेर उनको जवाफ फर्काएका थिए ।
सहायक निर्देशकलाई कामबाट निकालेः
घटनापछि एक दिनका लागि सुटिङ रोकिएको पनि जानकारी दिइएको छ । यस्तै सहायक निर्देशकलाई कामबाट निकालिएको छ । फिल्ममा दीपिका पादुकोण र डिम्पल कपाडियाको पनि मुख्य भूमिका छ । यो फिल्ममार्फत् शाहरुख करिब ३ वर्षपछि ठूलो पर्दामा फिर्ता हुँदैछन् । यो दिवालीमा रिलिज हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण