काँग्रेस केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप कार्यक्रम घोषणाको प्रस्ताव
मङ्गलबार, १३ माघ २०७७, १६ : १२
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणाका लागि प्रस्ताव गरिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा माघ १९ भ्रातृ संस्था, २४ शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव लगिएको हो ।
बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको हो । पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल भएको थियो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरु भएको छ ।
यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरी र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण