निजी क्षेत्र आक्रामक रुपमा लगानी बढाउन तयार छः वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सरकारले पहल लिएर लगानीको वातावरण बनाउन सक्यो भने निजी क्षेत्र आक्रामक रुपमा लगानी बढाउन तयार रहेको बताउका छन्।
जलेश्वर उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र रोजगारी सृजना, राजश्व संकलन तथा भौतिक पूर्वाधार निर्माणमा सधै अगाडि रहेको र सरकारले थोरै मात्र पनि सकारात्मक वातावरण बनाउने हो भने यसले आक्रामक रुपमा लगानी बढाउन तयार रहेको बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला/नगरतहका स्थानीय व्यवसायीहरुले भोगेका समस्या एकै किसिमका रहने गरेका र सानो प्रयासले पनि धेरै समस्याहरु समाधान गर्न सकिने बताउँदै ती समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूले पहल गर्ने बताए ।
ढकालले स्थानीय तथा प्रदेश सरकारहरुबीच विकास निर्माणका काममा एकप्रकारको प्रतिष्पर्धा जस्तो रहेको बताउँदै स्थानीय व्यवसायीहरुले स्थानीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य समन्वय गर्न आवश्यक रहेको बताए ।
“स्थानीय र प्रदेश सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्न सक्यो भने मात्र द्रुत विकास सम्भव हुनेछ । तपाईहरुले हामीलाई सहजीकरण गर्नुस् । हामी लगानी ल्याउन तयार छौं,” उनले भने ।
स्थानीय व्यवसायीहरुसँग साझेदारीमा स्थानीयस्तरमा आयोजनाहरु सञ्चालन भइरहेको बताउँदै उनले थप आयोजनाहरुको पहिचान भएमा त्यस्ता सम्भावनायुक्त आयोजनाहरुमा महासंघको तर्फबाट तथा व्यक्तिगत तर्फबाट लगानी जुटाउनका लागि आफूले पहल लिने उनले बताए ।
बारा–पर्सा औद्योगिक करिडोर, त्यहाँका उद्योगका समस्या, सम्भावना आफूले बुझेको बताउँदै उनले यस्ता समस्या समाधानका लागि स्थानीय उद्योग वाणिज्य संघहरुले पहल गर्न आग्रह गरे।
“तपाईहरुले पहल गर्नुस् । यहाँका समस्याहरुबारे एउटा वृहत छलफलको आयोजना गर्नुस् । हामी केन्द्रबाट तपाईहरुलाई आवश्यक सहयोग गर्न तयार छौं,” उनले भने। प्रदेश २ को प्रमुख आर्थिक नगरी वीरगन्जदेखि साँस्कृतिक नगरी जनकपुरसम्म आफ्नो व्यावसायिक सम्बन्ध रहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण