पत्रकार महासंघ युरोप शाखाको अधिवेशन फागुन ८ मा
शेरबहादुर परियार, युरोप । नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते(फेब्रुअरी २०) मा हुने भएको छ ।बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो।
अधिवेशन सम्पन्न गर्न राजकुमार दिक्पालको संयोजकत्वमा शाखाका सल्लाहकारद्वय पुष्प बरुवाल,पञ्चम अधिकारी र दिलनिशानी मगर सदस्य रहेको अनुगमन तथा सुझाव, दोर्ण रिजालको संयोजकत्वमा सांगठनिक प्रतिवेदन लेखन, वाइबी गुरुङ्गको संयोजकत्वमा प्रेम परियार, महिन्दो वाइवा, प्रेम पोमु, इन्दिरा चाम्लिङ,गोमा खरेल,बिरमान मगर सदस्य रहेको व्यवस्थापन, महेश खातीको संयोजकत्वमा शेरबहादुर परियार,दिपेन्द्र गजुरेल,दिनेश गौतम,कलश खरेल सदस्य रहेको प्रचार प्रसार, तेजबहादुर नेपालीको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन यसैगरी रबिचन्द्र भट्टराईको संयोजकत्वमा प्राबिधिक, राजकुमार थापाको संयोजकत्वमा अतिथि समन्वय र व्यवस्थापन,सरला कट्टेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति निर्माण गरेको शाखाका अध्यक्ष केजिन राईले जानकारी दिए।
अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि यूरोपमा रहेका सम्पूर्ण संघसंस्थाहरुको नैतिक सहयोगको अपेक्षा गरेको अध्यक्ष राईले बताए।
जुम प्रविधिको माध्यमबाट हुने अधिवेशनले यूरोप शाखामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशन सम्पन्न गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार चिरन शर्मालाई केन्द्रीय प्रतिनिधि तोकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण