मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन राष्ट्रपति भण्डारीको निर्देशन

बुधबार, २८ माघ २०७७, १४ : १८
बुधबार, २८ माघ २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् । ब्ुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो निर्देशन दिएकी हुन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचारमा शून्य सहनसिलता अप्नाउनुपर्नेमा समेत जोड दिएकी छिन् ।

उनले भनिन्ः ‘ मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका श्रोतहरु दुरुपयोग भई समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउन हुँदा भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ ।’ राष्ट्रपति भण्डारीले राजनीतिक आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुनसक्ने गैरकानुनी विचलनलाई समूलरुपमा अन्त्य गर्न सके मात्र भ्रष्टाचार न्युनीकरण हुनसक्ने बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप