जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो
जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ । बुधबार सो विषयमा निर्णय भएको हो । हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने गरी निर्णय भएको बताइएको छ ।
समाचारमा जनाइएअनुसार बुधबार जर्मन चान्सर एन्जेला मर्केल र यहाँका १६ ओटा संघीय नेताहरुले यस विषयमा सहमति जनाएका थिए । उनीहरुको सहमतिलगत्तै यहाँको सरकारले जर्मनमा हाल कायम रहेको लकडाउनको अवस्थालाई आगामी मार्च महिनाको ७ तारिखसम्मका लागि लम्ब्याएको जानकारी गराएका हुन् ।
जर्मनीका प्राय सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधानहरु राखेर यहाँ लकडाउन जारी रहेको थियो । यो लकडाउनको अवधि यही फेब्रुअरी १४ सम्मका लागि पनि यसअघि कायम गरिएको थियो । सो अवधि सकिनु चार दिन अगावै जर्मनी सरकार उक्त अवधिलाई लम्ब्याउने निर्णयमा पुगेको बताइएको हो । जर्मनीमा देशभरि नै नभएर आंशिक रुपमा लकडाउन गरिएको छ । अघिल्लो नोभेम्बर महिनाको पहिलो हप्तादेखि नै लकडाउन सुरु गरेको थियो ।
यो अवस्था अहिले पनि जारी छ । यहाँका कतिपय स्थानमा कोभिडका सङ्क्रमितहरु घटेको भए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन । यहाँ कोरोना भाइरसको नयाँ स्वरुपको प्रजाति पनि पाइएको छ । यसकारण पनि यहाँ लकडाउनलाई निरन्तरता दिने निर्णय सरकारले गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण