काँग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा
मङ्गलबार, ०४ फागुन २०७७, २२ : ३२
काठमाडौं । नेपाली काँग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ । काँग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा डिला सङ्ग्रौला, काँग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको जनाएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनामा परी पार्टीका केही साथीहरू घाइते हुनुभएको र केही सवारी साधनमा तोडफोड गरिएको उल्लेख गरेका छन् । एक्कासी भएको आक्रमणपश्चात् पार्टीका तरुणहरूले तत्कालै प्रतिवाद गरेपछि कार्यक्रम सुचारू भएको काँग्रेसले जनाएको छ । प्रवक्ता शर्माले घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण