नारायणहिटी संग्राहलय अगाडि भव्य कन्सर्टस (फोटोफिचर)
काठमाडौं । नेकपा केपी शर्मा ओली समूहले जनसभा गरेको दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडि बिहीबार भव्य कन्सर्टसहितको कार्यक्रम सम्पन्न भएको छ । माघ २३ गते ओली समूहले नारायणहिटी संग्राहलयलाई पृष्ठभूमि बनाएर भव्य जनसभा गरेको थियो ।

ठीक सोही स्थानमा बिहीबार साँझ काठमाडौं महानगरपालिकाको आयोजनामा कन्सर्टसहितको कार्यक्रम आयोजना गरिएको हो । ‘राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित सडक सांस्कृतिक महोत्सव’ नाम दिइएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो ।

कन्सर्टमा पप गायक सविन राई, आधुनिक गायिक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकाश सपूत, लोक गायिका प्रिति आले, लोक गायिका अञ्जु पौडेलको प्रस्तुती रहेको थियो भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण