काठमाडौंमा प्रचण्ड–माधव पक्षको विजय र्याली (फोटोफिचर)
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि नेकपा प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा विजय र्याली निकालेको छ । काठमाडौंको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताले विजय र्‍यालीसहित नगर परिक्रमा गरेका हुन् । र्यालीमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन् । र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने तय भएको छ ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो ।
सर्वोच्च अदालतको फैसलापछि उत्साहित नेकपाको सो पक्षले आज देशैभर विजय र्याली र सभा आयोजना गरेअनुसार काठमाडौंमा विजय र्याली भएको हो । र्यालीपछि आयोजित सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण