बाटो बिराएकालाई फर्कन प्रचण्ड-माधव पक्षको आग्रह
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘ऐतिहासिक फैसला’ भनेको छ । सो पार्टीको बुधबार बसेको अनौपचारिक स्थायी समितिको बैठकले सर्वोच्चको यो निर्णयले प्रतिनिधिसभालाई पुनःस्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षा समेत गरेको ठहर गरेको छ ।
‘यसले देशलाई प्रतिगामी षडयन्त्रको ठुलो चक्रव्युमा र राजनीतिक संकटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट पनि देशलाई बचाउने योगदान पुर्याएको छ’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसैले सर्वोच्च अदालतको यो ऐतिहासिक फैसलालाई पार्टीले उच्च मूल्याङ्कन गरेको छ ।’
साथै बैठकले प्रतिगमनविरोधि संघर्षमा सक्रिय रहने, सहयोग गर्ने सबै राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजलाई आभार र धन्यवाद प्रकट गरेको छ । नेकपाले ओलीको प्रतिगामी कदम असफल भएपनि त्यस्ता प्रवृत्तिका विरुद्ध सचेत रहन आवश्यक रहेको ठहर गरेको छ ।
‘पार्टीले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको उन्नता र सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थक रुपान्तरण, सामाजिक न्यायसहितको सम्बृद्धिलाई केन्द्रविन्दुमा राखेर आफ्नो पनि गम्भीर आत्मसमीक्षासहित अगाडि बढ्ने र सबै लोकतान्त्रिक शक्तिहरुसँग हातेमालो र सहकार्य गर्नुपर्ने निश्कर्ष निकालेको छ’ प्रवक्ता श्रेष्ठको भनाई छ ।
त्यस्तै बैठकले पार्टी एकतालाई प्रहार गर्ने, संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने ओलीले आत्मालोचनासहितको प्रस्तुति नभईकन ओलीसँग गरिने एकताको अर्थ नहुने प्रवक्ता श्रेष्ठले बताए । ‘हामी भ्रममा बाँच्ने पक्षमा छैनौ तर उहाँले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो, मैले संविधान, लोकतन्त्र र पार्टीविरुद्ध गल्ती गरेँ भनेर प्रस्तुत हुनुभयो, त्यसपछि विचार सिद्धान्तको एकताबद्ध भएर विधि पद्धतिमा चल्ने स्थिति पैदा भयो भने हामी सबैले चाहेको त्यहीँ हो’, नेता श्रेष्ठको भनाई छ । बैठकले भ्रममा परेर बाटो बिराएका नेता कार्यकर्ताहरुलाई मुल राजनीतिक पार्टीमा आउन आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण