५७ का अभिनेता निकोलसको २६ वर्षकी गलफ्रेण्डसँग ५ औं विवाह
लण्डन । फिल्म ‘घोस्ट राइडर’ अभिनेता निकोलस केज पछिल्लो समय चर्चामा छन् । अहिले चर्चाको बिषय उनको विवाह बनेको छ । ५७ वर्षका केजले केही समय अगाडि रीको शिबाटासँग विवाह गरेका हुन् । विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । समाचारकाअनुसार केज र उनकी प्रेमिका रीकोले जापानी र अमेरिकी परम्पराअनुसार विवाह गरेका थिए ।
केही अतिथि समेत सहभागी विवाह समारोहको तस्बिरमा रीको जापानिज परम्पराको बेहुली पहिरनमा देखिएकी छन् । रीको जापान निवासी हुन् । निकोलसको यो ५ औं विवाह हो । यस अगाडि उनको ४ विवाह टुटेको थियो । विवाहमा उनका ४ पूर्व पत्नी पनि सहभागी थिए । विवाह समारोह लास वेगसको ब्यान होटलमा आयोजना गरिएको थियो ।
निकोलस र रीकोले १६ फेब्रुअरी २०२१ मा विवाह गरेका थिए । विवाहको तस्बिर अहिले भर्खर बाहिर आएको हो । १६ फेब्रुअरी २०२१ निकोलसको स्वर्गिय पिताको जन्मदिन पनि हो । निकोलसले यो दिनको सम्झना राख्न आफ्नो विवाह समारोह यसै दिन आयोजना गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !