सिन्धुपाल्चोकका ४८ विद्यार्थीद्वारा प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन
काठमाडौं । सिन्धुपाल्चोकका चारवटा विद्यालयका विद्यार्थीहरुले चैत ९ गते प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । सिन्धुपाल्चोकका तेर्षे माध्यामिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय, श्रीपाल्चोक माध्यामिक विद्यालय र भुवनेश्वरी माध्यामिक विद्यालयका ४८ जना विद्यार्थीहरुले प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका हुन् । अवलोकन भ्रमणबाट विद्यार्थीहरुले बैकिङ साक्षरता र ज्ञान हासिल गरेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
उनीहरुले बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययन गरेको बैंकले जनाएको छ । उक्त अवसरमा विद्यार्थीहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।
प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण