बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आगामी पाँच वर्षमा कृषिमा आत्मनिर्भर हुन्छौं : मन्त्री अर्याल

बिहीबार, १२ चैत २०७७, १४ : २१
बिहीबार, १२ चैत २०७७

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी आर्यालले कृषिका सबै क्षेत्रमा आत्मनिर्भर भएको घोषणा चाँडै गर्ने बताएकी छिन् । बिहीबार कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि चौतर्फी सम्भावना भएको क्षेत्र भएको दाबी समेत गरिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचले देश आत्मनिर्भरको अवस्थामा पुगेको दाबी गर्दै उनको नेतृत्वको सरकारले एकाएक फड्को मारेको दावी समेत गरिन् ।
शहर बजारमा पशुपालनका ठूला–ठूला फर्म सञ्चालन  भइरहेको बताउँदै उनले पाँच वर्षको स्थिर सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन लागेको दाबी समेत गरिन् । ‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा’ नामका कार्यक्रममा बोल्दै उनले अबको पाँच वर्षभित्र कृषिका धेरै वस्तुमा आत्मनिर्भर मात्र होइन ठूलो मात्रामा निर्यात गर्ने समेत दाबी गरिन् ।

मन्त्री अर्यालले कृषि प्रयोगशाला स्थापना गरि कृषिलाई आकर्षित गर्ने गरी आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम ल्याउन लागेको जानकारी गराउँदै एकीकृत शिक्षाको सुरुवात गर्ने समेत बताइन् । मन्त्री आर्यालले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने तयारी भैरहेको बताउँदै देशका किसान मर्कामा नपरुन भनि सचेत रहेको समेत बताइन् । कृषिको प्रथामिकता क्षेत्र तोकेर वैदेशिक लगानी भित्र्याउने उनको भनाई थियो । 

उनले अर्को एक प्रसंगमा अलिकति राजनीतिक परिवर्तन भयो कि कर्मचारीको मनोविज्ञानमा परिवर्तन हुने गरेको बताउँदै उनले कर्मचारी भएर मात्र देशका लागि नसोच्न आग्रह गरिन् । मन्त्री अर्यालले सबै कर्मचारीलाई जागिरे मानसिकताबाट माथि उठ्न समेत आग्रह गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप