९ खेलपछि तोडियो नेपालको गोलको खडेरी, तस्विरमा हेर्नुहोस्
त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले पहिलो हाफको अन्त्यसम्म बंगलादेशबिरुद्ध २–० को अग्रता बनाएको छ । दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको १८ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका हुन् । योसँगै नेपालले ९ खेलपछि गोलको खडेरी अन्त्य गरेको छ । यसअघि भएका ८ खेलमा नेपालले कुनै गोल गर्न सकेको थिएन ।

राउण्ड रोबिन लिगका दुवै खेलमा गोल नगरे पनि नेपाल फाइनलमा पुग्न सफल भएको हो। नेपालले समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपालको दोश्रो गोल खेलको ४१ मिनेटमा विशाल राईले गरे ।
आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पुगेका छन्। कीर्गिस्तानको, नेपाल र बंगलादेश सहभागी खेलको फाइनलमा शीर्ष दुईमा रहेका टोली पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले रंगशाला पुगेर म्याच बल रेफ्रीलाई हस्तान्तरण गर्दै फाइनल खेलको उद्घाटन गरेका थिए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
