चालू आर्थिक वर्षभित्रै बाँकी सबै तुइन हटाउन निर्देशन
काठमाडौं । चालू आर्थिक वर्षभित्रै सबै तुइन विस्थापन गरिसक्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले निर्देशन दिएका छन् । दुर्गम क्षेत्रका स्थानीयलाई सहज आवतजावतको व्यवस्था मिलाउन तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न मन्त्री ठगुन्नाले निर्देशन दिएका हुन् । मन्त्रालयले दोस्रो चौमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समाधान समितिको बैठकमा मन्त्रीले सो निर्देशन दिएका हुन् । उनले अहिलेसम्मको बजेट प्रगति खर्चलाई सन्तोषजनक भनेका छन् ।
अन्तर मन्त्रालयको प्रभावकारी समन्वय हुन नसक्दा आयोजना र कार्यक्रम सञ्चालनका लागि समयमै कार्यविधि बन्न नसकेको भने मन्त्रालयले स्वीकार गरेको छ । चालू आर्थिक वर्षमा २९ अर्ब ९ करोड २६ लाख बजेट बिनियोजन गरिएको थियो । दोस्रो चौमासिक सम्म छुट्याइएको बजेटमा ४ अर्ब १५ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ ।
२०७२ असोजमा सरकारले तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । जतिबेला प्रधानमन्त्री केपी शर्माओलीले पद बहाली गर्दै थिए । तर अहिलेसम्म पनि उनैका मन्त्रीहरु तुइन विस्थापन गरौ भन्दै निर्देशन दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एआईले स्वर त निकाल्ला तर गायक-गायिकाको मुटुबाट निस्कने फिल दिन सक्दैन’
-
इरान युद्धले महँगी बढारहँदा ट्रम्पले भने – मलाई मुद्रास्फीति मन पर्छ
-
सक्षम राज्य र गतिशील निजी क्षेत्रबिचको सहकार्यमा आधारित भएर बजेट आएको छ : अर्थमन्त्री वाग्ले
-
अब सबै मन्त्रालयमा एक/एक जना सचिव, ५ सचिव जगेडामा
-
विद्यालयको जग्गा खाली गराउन पुगेका प्रहरीमाथि आक्रमण, एक महिला पक्राउ
-
इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियाका लागि तीन देशले सुरु गरे संयुक्त कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण