बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा दम्पती पक्राउ

बिहीबार, २८ जेठ २०८३, १६ : २५
बिहीबार, २८ जेठ २०८३

सारांश

  • बर्दियामा सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगी गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।
  • उनीहरुले कर्मचारी नियुक्ति र मजदुरी काममा लगाउने भन्दै प्रलोभन देखाएर ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
  • प्रहरीले सरकारी कार्यालयको छाप र कागजात नक्कली प्रयोग गरेको अभियोगमा उनीहरुविरुद्ध लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । बर्दियामा सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा बिहीबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ घर भएका २४ वर्षीय घनश्याम न्यौपाने र उनकी पत्नी कृपा चौधरी छन्।

उनीहरुले बर्दियाका ठाकुरबाबा नगरपालिका–३ स्थित बगनाह बजारमा रहेको घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको फर्जी कार्यालय खोलेर ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

कार्यालय मार्फत कर्मचारी नियुक्ति र मजदुरी काममा लगाउने प्रलोभन देखाएर उनीहरुले ठगी धन्दा चलाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

उनीहरूले सरकारी कार्यालयको छाप र कागजात नक्कली रूपमा प्रयोग गर्ने गरेको भेटिएको छ । प्रहरीले उनीहरू विरूद्ध लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप