‘प्रेमगञ्ज’ मा बेनिशा अनुबन्धित
शुक्रबार, २० चैत २०७७, १७ : १४
काठमाडौं । अभिनेत्री बेनिशा हमालको अभिनय फिल्म ‘प्रेमगञ्ज’मा पनि रहने भएको छ । निर्माण युनिटले उनलाई मुख्य अभिनेत्रीको रुपमा हालै अनुबन्धित गरेको हो । परिच्छेद सेनको निर्देशन रहने फिल्ममा उनको आयोजित भूमिकामा तेज गिरी फाइनल भएका छन् । तेजले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् ।
यहि २५ गतेबाट छायाँकन सुरु हुने त्रिकोणात्मक प्रेम कथामा बन्न लागेको फिल्मका लागि लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुष ढकाल छनोट भएका छन् । फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने बताइएको छ । स्पटब्वाई राजु फुयाँलले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ छन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको काभ्रे, जिरी र काठमाडौंमा छायाँकन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच बैठक जारी
-
आज कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिने, अर्थको टुङ्गो अझै लागेन
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ