मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म लेखनबाट विश्राम लिने शिवमको घोषणा !

आइतबार, २२ चैत २०७७, १४ : ०५
आइतबार, २२ चैत २०७७

काठमाडौंँ । ठुला तथा सानो पर्दाको फिल्म लेखक शिवम् अधिकारीले लेखनबाट विश्राम लिने भएका छन् ।  उनले केही समयका लागि लेखनबाट विश्राम लिन लागेका हुन् । जसको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकबाट गराएका छन् ।

‘हामी सबैलाई थाहा छ ‘स्क्रिप्ट लेखन आफैमा कठिन विधा हो । मैले पनि यहि कठिन विधा नै रोजे, किन कि म मेहनत गर्न चाहन्थे, संघर्ष र प्रतिस्पर्धाबाट आफुलाई खरो उभ्याउनु थियो, आफुलाई प्रमाणित गर्नु थियो  ’उनले अगाडि लेखेका छन्  ‘करिअरको १४ बर्षको अन्तरालमा करिब १५० चलचित्र र दर्जनौ टेलिचलचित्रमा आफुलाई उभ्याउँदा उभ्याउँदै पनि यो विधाबाट थाकेको महसुस भै सक्यो । कोभिड १९ को कारण थला परेको यो विषम परिस्थितिमा पनि ४ वटा चलचित्र र २ वटा टेलिचलचित्र लेखनमा निरन्तरता दिइनै रहेको छु ।’

उनले स्क्रिप्ट राइटिङका लागि उपयुक्त वातावरण र आफ्नो मानसिक समस्या मुक्त नभएसम्मका लागि विश्राम लिन लागेको बताएका छन् । उक्त स्टाटसमा उनले फिल्मकर्मीले स्क्रिप्ट लेखनको तथ्यलाई समेत नबुझेको गुनासो गरेका छन् । अधिकारी फिल्मका निर्देशक पनि हुन् । उनले ‘पञ्चायत’, ‘कोपिला’ र ‘सुश्री’ फिल्म निर्देशन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप