सरकारबाट प्रेस स्वतन्त्रतामाथि अनैतिक हमला भयो : राजेन्द्र बजगाईँ
काठमाडौँ । नेपाली कांग्रेसका सांसद् राजेन्द्र बजगाईँले गृहमन्त्री रवि लामिछानेविरुद्ध समाचार लेखेको आधारमा कान्तिपुर मिडियामाथि सरकारले अनैतिक हमला गरेका बताएका छन् ।
सोमबार दिउँसो कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई भेटेर फर्किएपछि बजगाईँले सरकार प्रतिशोधमा उत्रिएको बताए ।
‘कान्तिपुरमाथि प्रतिसोधका आधारमा सरकारले पक्राउ पुर्जी जारी गरिएको छ भनिएको छ । हामीले उहाँको नागरिकताबारे पनि अध्ययन गरौँ । उहाँले दुई वटा नागरिकता लिनु भएको छैन । मिति फरक परेको हो । मिति फरक पर्नुमा प्रशासन कार्यालयको पनि त्रुटि होला,’ उनले भने ।
गृहमन्त्री रवि लामिछानेको नागरिकता, पासवर्ड र सहकारीको काण्डबारे समाचार लेखेपछि प्रतिरोध साँधेर कान्तिपुरका अध्यक्ष सिरोहिया र कान्तिपुर मिडियामाथि अनैतिक हमला भएको उनको भनाइ छ ।
‘उहाँ अनुसन्धान गर्ने निकायको कार्यकारीमाथि हामी नेपाली कांग्रेस र नेपालको स्वतन्त्र प्रेसले उठाएको कुरामा व्यक्तिगत प्रतिरोध साँधेर कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया, कान्तिपुर मिडिया र प्रेस स्वतन्त्रतामाथि अनैतिक हमला गर्नु भएको छ,’ उनले भने, ‘त्यसको विरुद्धमा हामी ऐक्यबद्धता गर्न आएका हौँ । कान्तिपुरको मिडिया हाउसमा प्रहरी बसेको थाहा पाएपछि संसद् बन्द हुनासाथ हामी ऐक्यबद्धता गर्न आएका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण