नाउपा अध्यक्ष रञ्जिताले गरिन् आफ्नै सांसदमाथि कटाक्ष
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष एवं संसदीय दलको नेता रञ्जिता श्रेष्ठले आफ्नै दलका सांसद गंगाराम चौधरीमाथि कटाक्ष गरेकी छिन् । साेमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा उपस्थित नभएपछि सांसद चौधरीमाथि मंगलबार फेसबुकमार्फत श्रेष्ठले घुमाउरो रूपमा कटाक्ष गरेकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन संसदमा आएनन् । त्यसको भोलीपल्ट पार्टी अध्यक्ष श्रेष्ठले स्वस्थ रहेकी श्रीमतीलाई क्यान्सर भई उपचारको बहाना गरेको भन्दै कटाक्ष गरेकी हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूले भेट गरेको तस्बिर सहित उनले कटाक्ष गरेकी थिइन् ।
उता सांसद गंगाराम चौधरीले विश्वासको मत लिने दिन श्रीमतीको उपचारका लागि काठमाडौँ बाहिर रहेको बताए । तर मंगलबार काठमाडौँ रहेका उनलाई कुन अस्पतालमा हुनुहुन्थ्यो भन्ने हाम्रो प्रश्नमा जवाफ नदिई फोन राखे ।
यद्यपि उनले पार्टी अध्यक्ष सरकार समर्थक रहेकोले आफ्नोपनि समर्थन हुने बताएका थिए । उनी रेशम चौधरी पक्षमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण