बढ्दै लापरवाही, फैलिँदै कोरोना
छिमेकी मुलुक भारतमा दैनिक रेकर्डस्तरमा कोरोना संक्रमितहरु फेला परिरहेका छन् । संक्रमण व्यापकरुपमा फैलन थालेपछि देशका विभिन्न स्थानमा पुनः लकडाउन लागू गर्न शुरु भइसकेको छ । भारतमा लकडाउन सुरु हुन थालेपछि यतिबेला भारतमा काम गर्न पुगेका नेपालीहरु पनि धमाधम स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किने धेरैमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइरहेको छ ।

भारतमा संक्रमण फैलिरहँदा नेपालमा पनि संक्रमण फैलने चिन्ता जनस्वास्थ्यविद्हरुले व्यक्त गरिरहेका छन् । किनभने विगतमा पनि त्यही ट्रेन्ड देखिएकै हो । अझ भारतमा नयाँ प्रकारको कोरोनाभाइरस फेला परेको पुष्टि भइसकेको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट अझ बढी संक्रामक र घातक भएको वैज्ञानिकहरुले बताइरहेका छन् । नेपालमा भारतको जस्तो अवस्था हुन नदिनका लागि यतिबेला हामीले निकै सचेत हुन जरुरी छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने र अनावश्यक भीडभाडमा नजानेलगायत न्यूनतम नियमहरु पालना गर्न आवश्यक छ ।

तर, यहाँ लापरवाही बढ्दो छ । भीडभाडमा, सार्वजनिक यातायातमा पनि मास्क नलगाइ मानिसहरु बिन्दास तरिकाले हिँडिरहेका हुन्छन् । न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्नेहरु पनि कमै छन् । त्यही भएर पछिल्ला दिनहरुमा नेपालमा पनि बिस्तारै कोरोनाभाइरस संक्रमणको ग्राफ बिस्तारै उकालो लाग्दैछ । हामी कति लापरवाह बनिरहेका छौँ, हेरौँ केही तस्विरहरुः
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


