शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कामना, भावना र दिनेशको प्रेमकथाः ‘हत्ते नहाल’

सोमबार, २३ चैत २०७७, १८ : ३४
सोमबार, २३ चैत २०७७

काठमाडौंँ । गायक तथा मोडल दिनेश थापा, भावना आचार्य र कामना वलीको सहकार्यमा नयाँ गीत ‘हत्ते नहाल’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीत आधुनिक शैलीमा फ्यूजन गरेर तयार पारिएको छ ।
गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । यस गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् । 

गीतको म्यूजिक भिडियोमा गायक दिनेश थापासँग अञ्जली अधिकारीको फिचर्ड गरिएको छ । अनिल के. मानन्धरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा गोदावरी रिसोर्ट वरिपरिको दृश्यलाई कैद गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप