‘धुवाँ धुलो साह्रो भो सास फेर्न गाह्रो भो !’
बिहीबार, २६ चैत २०७७, १६ : १५
काठमाडौं । वातावरण संरक्षण अभियन्ताहरुले काठमाडौँ लगायतका शहरमा अत्याधिक प्रदूषण बढेको भन्दै प्रदर्शन गरेका छन् ।
बिहीबार माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदूषण स्वास्थ्य मापदण्डभन्दा बाहिर गएपनि सरकारले नियन्त्रणमा चासो नदेखाएको भन्दै सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले वायु प्रदूषण बढेकाले स्वास्थ्य संकटकाल घोषणा गर्न समेत माग गरेका छन् ।
सहभागीहरुले ‘राजनीति भन्दा प्रदूषित भयो हाम्रो शहर, संविधानको धारा ३० ले के भन्छ, स्वच्छ वाताबरण दे भन्छ, धुवाँ धुलो साह्रो भो सास फेर्न गाह्रो भो’, लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण