काँग्रेस केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा साँझ ६ः३० बजेबाट बैठक सुरु भएको हो । अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक साढे २ घण्टा ढिलो गरि सुरु भएको हो । बैठकले १४ औं महाधिवेशन सन्दर्भमा निर्णय लिने छ । क्रियाशील सदस्य वितरण र नवीकरण सूचीकृत गर्ने समय थप गरिने भएको छ ।
बैशाख १५ गतेसम्म अन्तिम मिति राखेर समय थपिन लागेको हो । काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीका अनुसार उक्त मितिमा क्रियाशील सदस्य सूचीकृत नगराउने जिल्लाले महाधिवेशनमा भाग लिने पाउने छैनन् । पार्टीको निर्वाचन समिति संयोजकको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा भने बैठकमा छलफल हुने चौधरीले रातोपाटीलाई जानकारी दिए । बैठकमा समसामयिक राजनीति विषय पनि छलफल उनको भनाइ छ ।
निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले चैत २० गतेको केन्द्रीय समितिमा राजीनामा बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण