म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो
तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँमा आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागि म्यादी प्रहरीको लागि मंगलबार, बुधवार र बिहिवार गरि करिव ६ सय जनाले आवेदन फर्म पेश गरेका छन् ।
म्यादी प्रहरीका लागि आवेदन माग भएसँगै आवेदन दिनेको संख्या ह्वात्तै बढेको हो । बुधबार र बिहीवार साँझ अवेरसम्म आवेदन फर्म पेश गर्ने युवायुवतीको लाइन लागेको डिएसपी सुनिल मल्लले जानकारी दिए ।
जिल्ला तनहुँबाट करिव ९ सय जना छनौट हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसअघि स्थानीय तहको निर्वाचनमा तनहुँ जिल्लाबाट करिब ७ सय ८८ जनाको आवेदन फर्म लिइएको थियो ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरी सेवा निवृत नेपाली पूर्व सुरक्षाकर्मी र विगतका संविधान सभार स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई राम्रा काम गरेका म्यादी प्रहरी विशेष प्राथामिकताको व्यवस्था रहेको डिएसपी मल्लले जानकारी दिए ।
आवेदन दिनेमा किशोरकिशोरी, बैदेशिक रोजगारीबाट फर्किएका तथा सुरक्षा निकायमा काम गरेकाहरु बढी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?