प्रशासनले २ दिनको समय दिएपछि गाउँ फर्कने बढे
सरकारले कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाबाट बाहिरिनेहरु बढ्न थालेका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ भने मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्दै वैशाख मसान्तसम्मै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
यससँगै उपत्यकाबाहिर घर भइ काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै बसेका सर्वसाधारण आफ्नो थातथलोतिर लागेका हुन् । मंगलबार बिहानै आफ्नो घर जानका लागि कलंकी, कोटेश्वर, बल्खु, नयाँ बसपार्कलगायतका स्थानमा सर्वसाधारणहरूको भिडभाड रहेको थियो ।
उसो त काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यका बाहिर जान चाहनेका लागि दुई दिनको समय दिएर प्रशासनले निषेधाज्ञाको निर्णय गरेको सोमबार नै बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण