आइसीयुबाट सिफ्ट भएपछि रणधीरले भने- ‘छिट्टै घर फर्किनेछु’
मुम्बई । कोरोनाका कारण कोकिलाबेन अस्पतालको आईसीयुमा भर्ना भएका अभिनेता रणधीर कपुरलाई सिफ्ट गरिएको छ । उनको अवस्थामा सुधार आएपनि अस्पतालले उनलाई आइसीयुबाट सिफ्ट गरेको हो । अभिनेता कपुर आफैंले आफ्नो स्वास्थ्यको बिषयमा जानकारी बाहिर ल्याएका हुन् ।
‘मेरो हातले पहिलेभन्दा निकै सुधार भएको छ । आशा छ छिट्टै घर फर्किनेछु’ एक वेबसाइटसँगको कुराकानीमा उनले भनेका छन्, ‘मेरो कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । सास फेर्न पनि गाह्रो छैन ।’
आफुले कोरोना भ्याक्सिन दुबै डोज लिएको बताएका रणधीरले कोरोना टेष्ट समय आफुलाई जाडो भएको बताएका थिए । अहिले उनलाई अक्सिजनको सिलिन्डरको पनि आवश्यक छैन । रणधीर गत २९ अप्रिलमा कोरोना संक्रमित भएका थिए । सो समय उनका ५ स्टाफ मेम्बर्समा पनि कोरोना संक्रमण पाइएको थियो । उनका स्टाफ मेम्बर्सलाई पनि कोकिलाबेन अस्पतालमै भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा