देउवाले ओलीलाई सम्झाए पुरानो भाषण र एजेण्डा
सोमबार, २७ वैशाख २०७८, १५ : ०६
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई विगतमा आफूले गरेका बाचा र एजेण्डा सम्झाएका छन् । उनले ओलीले पुरानो बाचा भुलेको बरु भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले आम जनताले सरकारको अनुभूति गर्न नसकेको बताए ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले भने, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाईँले चुनावमा गरेका बाचा र पछि पटक पटक गरेका भाषण सम्झना छ, रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुपर्दैन कोही भोकले मर्दैनन्, सडक बालक हुनेछैनन्, कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए ?’
उनले ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने भन्दै प्रश्न पनि गरे । यो अवस्था ओलीले नै सिर्जना गरेको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारकै कारण आएको उनको जिकिर छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलेजो बिग्रँदा खुट्टामा देखिने यी लक्षणहरूको कहिल्यै गर्नु हुँदैन बेवास्ता
-
विश्वकप उत्सवका क्रममा मेक्सिको सिटीमा ३ जनाको मृत्यु
-
एमाले पुनर्गठनबारे ४ थरी मत : प्रतिवेदनमा सहमति जुटाउन सकस
-
शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
-
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
-
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण