बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति

बुधबार, १७ असार २०८३, १६ : २४
बुधबार, १७ असार २०८३

झापा ।  मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद जलेको छ ।

पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ ।

मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप