शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा मुख्यमन्त्री दाबी गर्दै चार दलले बुझाए पत्र (पत्रसहित)

बुधबार, २९ वैशाख २०७८, १६ : १७
बुधबार, २९ वैशाख २०७८

चार दलले नयाँ सरकार गठनको दावी गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाएका हुन् । 

प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुख सीता पौडेल समक्ष बुझाएको माओवादी केन्द्रका सांसद रामजी बरालले बताए । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनु अगाडि नै राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।
सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ । एकजनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि  जनमोर्चाका तीनमध्ये दुईजनाको हस्ताक्षर राखेर पत्र बुझाइएको छ ।

गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार कृष्ण चन्द्र नेपाली पोखरेल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप