उद्घाटन भएका भयै भएर मान्छे आत्तिएका छन् : प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकास निर्माणका कामले केही मानिसहरु आत्तिएको टिप्पणी गरेका छन् । शुक्रबार बालुवाटारबाट भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचनाहरूमाथि टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।
‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भएका भयै छन् । त्यससँग आत्तिएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘धरहरा निर्माण कार्य सम्पन्न भयो । त्यहाँ गाडीको पार्किङ र गार्डेन तयार भएको छैन त्यो बेग्लै पार्ट हो ।’
उनले आफुले धरहरा निर्माण सम्पन्न भएर उद्घाटन गरेको विषयलाई नकारात्मक अर्थमा टिप्पणी भइरहेको भन्दै सकारात्मक भावनाबाट सञ्चालित हुन जरुरी रहेको बताए । ‘हामीले धरहरासँग बसपार्क, वा पार्किङलाई जोडेका हौंला तर त्यो बेग्लै कुरा हो । त्यसको उद्घाटनको सन्दर्भमा पनि कुनै विषय नपाएपछि मानिसहरुले तयार नहुँदै उद्घाटन भन्न भ्याए’ प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘यसमा पनि त्यसो भन्न सक्छन् । अझै त्यहाँ जाने बाटोको विस्तार भएको छैन होला बाटो नभई उद्घाटन गर्यो भनेर । जसको आदत नै नकारात्मक टिप्पणी गर्नु हो । कुनै सकारात्मक कुराको स्वीकारोक्ती वा प्रशंसा नगर्नु उनीहरुको आदत भइसकेको छ’, प्रधानमन्त्रीले आफ्नो आलोचना गर्नेहरुलाई जवाफ दिए । प्रधानमन्त्रीले कोभिड विरुद्धको लडाईमा सफलता प्राप्त गर्न सकिने भन्दै सम्मेलन केन्द्रलाई विकासको एउटा सिँढी थपिएको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’