ज्ञानेन्द्र र जमुनाको गीतमार्फत चेतावनी ‘सिंहदरबार कब्जा हुनसक्छ’
नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो ।
ज्ञानेन्द्र अधिकारी र जमुना बिसीको स्वर रहेको रोमान्टिक शैलीमा तयार गरिएको गीतमा ‘गायक गायिकाले गाउन पाउनु, पत्रकारले लेख्न पाउनु, कानुन कहाँ छ, न्याय कहाँ छ जनताले देख्न पाउन’ जस्ता शब्दले प्रथामिकता पाएका छन् ।
गीतमा दुर्गमका जनताले बिकास र सम्पुर्ण नेपाली हाम्रो नदीनाला आफ्नो भन्न नपाएको पीडा समेत पोखिएको छ ।
गीतको भिडियोमा ऋषि धमला, कलाकार धिरेन शाक्य, विशाल बिष्ट, नेपाली रेसलर हिक्मत थपलिया लागयतको अभिनय देख्न सकिन्छ । थुप्रै कोरास र राष्ट्रिय झण्डाको प्रयोग समेत गरिएको गीतका भिडियो समेत आकर्षक बनेको छ ।
गीतमा जनताले विद्रोहको गीत आउन थालेकोले देशको अवस्था यस्तै रहे सिंहदरबार समेत छिट्टै कब्जा हुन सक्ने बताइएको छ ।
जातजाति, बेरोजगारी, सुकुम्बासीलगायत देशको थुप्रै समस्याको उठान गीतमा उठान गरिएको छ । भिडियोमा पनि सबै जातजाति र सांस्कृतिक पहिरन प्रयोग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण