होटलबाट खसेर ब्राजिलका गायक केविनको निधन
एजेन्सी । ब्राजिलका चर्चित गायक एमसी केविनको निधन भएको छ । २३ वर्षीय गायक केविनको १६ मेमा एक होटलको पाँचौ तलबाट खसेर निधन भएको हो । समाचारका अनुसार केविन होटलको ११ तल्लामा बसेका थिए । ५ औं तल्लामा रहेका साथीलाई भेट्न उनी त्यहाँ पुगेका थिए । त्यो रुमको बालकोनीमा रहेका बेला उनी तल खसेका थिए । स्थानीय पुलिस अधिकारीले यो बिषयमा जाँच गरिरहेको छ ।
दुर्घटनालगतै फायर ब्रिगेडको टिमले गायकलाई अस्पताल पुर्याएको थियो । त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
दुई साता पहिले गलफ्रेन्डसँग विवाह
केविनले दुई साता पहिले ग्रलफ्रेन्ड डिओलेने बेजेरासँग बिवाह गरेका थिए । डिओलेने एक क्रिमिनल वकिल हुन् । केविनको निधनपछि डिओलेने एक ब्ल्याक एण्ड ह्वाइट तस्बिर शेयर गरेर इमोशनल पोष्ट समेत शेयर गरेकी छन् ।
डिओलेने लेखेकी छन्– ‘तिमी मेरो जीवनको प्रेम हो र सँधै हुनेछौ । म सँधै तिमीलाई नै प्रेम गर्छु ।’ केविनले २०१३ मा पहिलो गीत रिलिज गरेका थिए । यो क्रममा उनको उमेर १६ वर्ष थियो । उनको गीत covalo de troia (trojan horse) युट्युवमा करोडौं पटक हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण