एमालेमा हस्ताक्षर दुरुपयोगको विवाद
शेरबहादुर देउवाको समर्थनमा शीतल निवासमा हस्ताक्षर बुझाएका नेकपा एमाले माधव नेपाल पक्षका केही सांसदले हस्ताक्षर फिर्ता गरेका छन् । काँग्रेस सभापति देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका छन् । त्यसरी हस्ताक्षर बुझाउनेहरूमा काँग्रेस, माओवादी र जसपाका साथै एमालेका सांसदहरु पनि छन् ।
यसैबीच, सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । सांसद राईले रातोपाटीसँग भने, ‘म पार्टी एकताको पक्षमा छु, पार्टी एकता विपरीत कुनै पनि कार्यमा हस्ताक्षर गर्दिनँ भन्दै आएको छु ।’
सांसद राईले आफ्नो पार्टी अध्यक्ष प्रधानमन्त्री केपी ओलीको विरुद्धमा शेरबहादुरलाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफूले हस्ताक्षर नगरेको बताएका छन् । आफू ओलीको समूहमा पनि नलागेको, तर पार्टी एकताको पक्षमा रहेको उनले स्पष्ट पारे ।
प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराईले सांसद राईको पत्र फेसबुकमा राख्दै भनेका छन्– धन्यवाद छ कमरेड जयकुमार । यसैबीच सिंहदरबारमा शुक्रबार बसेको नेकपा कार्यदलको बैठकमा भनाभन भएपछि बैठक विना निश्कर्ष टुंगिएको छ । बैठकमा ओली पक्षका नेताहरुले हस्ताक्षर दुरुपयोग गरिएको भन्दै माधव नेपाल पक्षका नेताहरुको आलोचना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण