सिद्धिचरणको सम्झनामा ‘मेरो प्यारो ओखलढुङ्गा’ गीतको भिडियो सार्वजनिक
आइतबार, ०९ जेठ २०७८, ०९ : ५२
आज युगकवि सिद्धिचरण श्रेष्ठको ११० औं जन्मजयन्ती हो । यही अवसर पारेर कवि श्रेष्ठको शब्द तथा स्वर सम्राट नारायण गोपालको स्वर रहेको गीत ‘मेरो प्यारो ओखलढुङ्गा’को भिडियो सार्वजनिक भएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानको निर्माण रहेको गीतको भिडियो दिनेश डिसीले निर्देशन गरेका हुन् ।
तीन बर्ष अगाडि निर्माण भएको यो भिडियो बल्ल अहिले सार्वजनिक गरिएको हो । भिडियोमा समीक्षा पोखरेल, महेश खड्का र दिनेश डिसी लगायतको अभिनय छ ।
भिडियोमा युगकवि सिद्धिचरणको बारेमा अध्यापन गर्न चाहने दुई विद्यार्थीको श्रेष्ठको जन्मस्थानसम्मको खोज मुलक यात्रा प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण