सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

प्रताप दास र गायिका अनु चौधरीको ‘माया’

मङ्गलबार, ११ जेठ २०७८, ०८ : ५०
मङ्गलबार, ११ जेठ २०७८

गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ । 

गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत छ ।

प्रेम र समर्पणलाई समेटिएको गीतका निर्माता मनोज कार्की हुन् । भिडियोमा उषा उप्रेती र डिमन क्षेत्री फिचर्ड छन् ।

संकल्प भुजेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा सजन कट्टेलको निर्देशन रहेको छ ।

माया ,प्रेम र समर्पणलाई समेटिएको कारणले आम दर्शक तथा श्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका निर्माता  मनोज कार्कीले बताए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप