शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ’

बुधबार, १२ जेठ २०७८, १६ : १९
बुधबार, १२ जेठ २०७८

कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुको साटो सरकार सत्ताको दाउपेचमा लागेको भन्दै बृहद नागरिक आन्दोलनले बुधबार कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनले निःशुल्क स्वास्थ्यको व्यवस्था, गाँस, बास र कपासको व्यवस्था, बेरोजगारी भत्ताको व्यवस्था तथा किसानलाई राहतको व्यवस्था गर्न समेत माग गरेको छ ।

‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ,’ यो सरकारको छ के पारा ? दुष्ट, भ्रष्ट ज्यानमारा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो । महामारीमा मतपत्रको षडयन्त्र छाडेर संक्रमितलाई अक्सिजन र जनतालाई खोपको व्यवस्था गर्न तथा गरिब जनतालाई गाँस र बासको व्यवस्था गर्न पनि आन्दोलनले माग गरेको छ ।

तस्बिरहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप