‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ’
बुधबार, १२ जेठ २०७८, १६ : १९
कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुको साटो सरकार सत्ताको दाउपेचमा लागेको भन्दै बृहद नागरिक आन्दोलनले बुधबार कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनले निःशुल्क स्वास्थ्यको व्यवस्था, गाँस, बास र कपासको व्यवस्था, बेरोजगारी भत्ताको व्यवस्था तथा किसानलाई राहतको व्यवस्था गर्न समेत माग गरेको छ ।
‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ,’ यो सरकारको छ के पारा ? दुष्ट, भ्रष्ट ज्यानमारा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो । महामारीमा मतपत्रको षडयन्त्र छाडेर संक्रमितलाई अक्सिजन र जनतालाई खोपको व्यवस्था गर्न तथा गरिब जनतालाई गाँस र बासको व्यवस्था गर्न पनि आन्दोलनले माग गरेको छ ।
तस्बिरहरु हेर्नुहोस्ः











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण