डा.रणजीतको गीत ‘नसोध मलाई..’मा स्वास्थ्यकर्मीको कथा
कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियता पूर्वक खटिएका वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झा गायक तथा संगीतकार हुन् ।
डा.झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा गीत ‘नसोध मलाई..’ ल्याएका छन् ।
गीतले संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र ब्यक्त गरिएका छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएको बिषय समेत समेटिएको छ ।
डा.झाको स्वर रहेको गीतमा गिरिराज निरौलाको शब्द तथा संगीत रहेको छ । लोक शैलीमा तयार गीतमा गीतमा महाराज थापाको संगीत संयोजन छ ।
गीतको भिडियोमा निशान कश्यपले निर्देशन गरेका हुन् । जसमा महेश खड्का तथा सुशीला थापाको अभिनय देख्न सकिन्छ । भिडियोमा गायक डा.झा पनि प्रस्तुत भएका छन् ।
भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ । मुकेश हुमागाईंको छायाँंकन रहेको भिडियो निर्देशक कश्यपलेनै सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण