बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहीको शव काठमाडौं लगियो

आइतबार, १६ जेठ २०७८, १६ : ४२
आइतबार, १६ जेठ २०७८

सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं लगिएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
सगरमाथा आरोहणमा जाने क्रममा गत वैशाख २९ गते साँझ करीब ६ः०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए ।

मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकोले आज उद्धार गरी काठमाडौं लगिएको उनको भनाइ छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । 
यस्तै दुई वर्षअघि मृत्यु भएका एक अमेरिकन नागरिकको पनि शव परीक्षणका लागि काठमाडौं लगिएको थियो । हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्धार गरी काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
 सगरमाथा आरोहण शुरु भएपछि यस वर्षको वसन्त याममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको मृत्यु भएको छ । स्विट्जरल्यान्डका नागरिक अब्दुल वारिचको पनि गत वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा मृत्यु भएको थियो ।

यही जेठ ४ गते सङ्खुवासभा घर भएका अन्दाजी २७ वर्षीय टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप