सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गायक गोस्वामीको नयाँ गीत ‘हिमालै राम्रो हिउँले...’

सोमबार, १७ जेठ २०७८, ०९ : ३६
सोमबार, १७ जेठ २०७८

गायक राज के गोस्वामीको नयाँ गीत ‘हिमालै राम्रो हिउँले...’ सार्वजनिक भएको छ । पछिल्लो समय अष्ट्रेलियामा रहेका गोस्वामीले उतैबाट यो गीत सार्वजनिक गरेका हुन् ।

गीतमा विक्रम थापाको संगीत र सुमन कुँवरको शब्द रहेको गीतमा सन्दिप कार्कीको संगीत संयोजन छ ।

गीतको भिडियोमा नौलो प्रयोग गरिएको छ । सायद नेपाली गीतका म्युजिक भिडियोमा यस्तो प्रयोग विरलै देख्न पाइन्छ । भिडियो पूर्ण रुपले भिएफएक्स प्रविधिमा तयार पारिएको छ । 

भिडियोमा बिजेश पौडेल तथा पूजा धामीलाई भिएफएक्स मार्फत नै प्रस्तुत गरिएको छ । निशा पौडेलको छायांकन रहेको भिडियोमा बिजेश पौडेलकै निर्देशन, भिएफएक्स र सम्पादन छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप