हल्दीदेखि विवाहसम्मका तस्बिरमा यस्तो देखिइन् यामी
अभिनयको कारण मानिसको दिलमा राज गर्न सफल अभिनेत्री यामी गौतम केही दिनयता चर्चामा छिन् । विवाहको कारण उनी अहिले चर्चा छाएकी हुन् । ४ जुनमा ‘उरी : द सर्जिकल स्ट्राइक’ फिल्मका निर्देशक आदित्य धरसँग उनले विवाह गरेकी छिन् । हिमाञ्चल प्रदेशमा आदित्यसँग उनको सिम्पल बिवाह भएको थियो । उनी हिमाञ्चल बिलासपुरकी बासिन्दा हुन् ।
गत शुक्रबार यामीले केही बिवाह तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनको विवाह खबर बाहिर आएको थियो । अहिले भने उनले विवाहको हल्दी सेरेमनीदेखि मन्डपसम्मको तस्बिर सार्वजनिक गरेकी छन् ।
सार्वजनिक तस्बिर हल्दी समारोहदेखि विवाह मण्डबसम्मको रहेको छ । हल्दी समारोहमा यामीले पहेलो आउफिट लगाएकी छन् । विवाह समारोहको बिभिन्न तस्बिरमा उनी निकै सुन्दर देखिएकी छन् । उनको विवाहमा केवल १८ मानिस मात्र सहभागी थिए ।
आदित्य र यमीको भेट उरी फिल्मको सेटमा भएको थियो । फिल्म अभिनय सिलसिलमा उनीहरुबीच प्रेम देखिएको थियो । तर दुबैले अस्वीकार गर्दै आएका थिए । त्यस कारण पनि फिल्म युनिटका कुनै पनि सदस्यले उनीहरु बीच प्रेम रहेको पत्तो पाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमत कायमै रहँदा प्रधानमन्त्रीले किन लिँदैछन् विश्वासको मत ?
-
दिलको उपचार गर्ने डाक्टर स्मृतिको दिल छुने ‘म्युजिक भिडियो’ बजारमा
-
कांग्रेसको अवरोधका बिच सदन चलाएरै छाड्ने ओलीको दाबी
-
के गर्दैछन् उपेन्द्र यादवसँग छुट्टिएका नेता ?
-
फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन उपेन्द्र यादवको आह्वान
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाएको बैठक स्थगित