सिन्धुपाल्चोक बाढीमा ज्यान गुमाएका २ चिनियाँको सनाखत
बिहीबार, ०३ असार २०७८, १४ : ४४
बाढीका कारण सिन्धुपाल्चोकमा ज्यान गुमाएका २ जना चिनियाँ नागरिकको पहिचान खुलेको छ । चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियानजिओ र ४८ वर्षीय यु चि झुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए । गोङ्ग तियानजिओको शव इन्द्रावती गाउँपालिका–११ स्थित नदि किनारमा फेला परेको थियो ।
बाढीले बगाएर लगेको यु चि झुको शव सिन्धुलीमा फेला परेको थियो । बुधवार बिहान बलेफी गाउँपालिकास्थित ब्रह्मायणी नदीमा पनि करिब ७ वर्षीय बालिकाको शव फेला परेको थियो । सो शव स्वभाविक मृत्युपछि गाडेको र बाढीले उतारेको हुनसक्ने डिएसपी सापकोटाले बताए ।
राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा बाढीले बगाएर १६ जना बेपत्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचन : कुन पालिकाबाट कति मत झर्यो ?
-
नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्सबिच समझदारी
-
मिस पवीको अनुभव : टिकटकबाट भोट माग्दा पानीको धारा काटिदिए
-
धरानमा खानेपानीको अभाव
-
अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन सुरू
-
इलाम-२ उपचुनाव : उम्मेदवारको हिसाब–किताब र परिणामको पर्खाइ