सिन्धुपाल्चोक बाढीमा ज्यान गुमाएका २ चिनियाँको सनाखत
बिहीबार, ०३ असार २०७८, १४ : ४४
बाढीका कारण सिन्धुपाल्चोकमा ज्यान गुमाएका २ जना चिनियाँ नागरिकको पहिचान खुलेको छ । चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियानजिओ र ४८ वर्षीय यु चि झुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए । गोङ्ग तियानजिओको शव इन्द्रावती गाउँपालिका–११ स्थित नदि किनारमा फेला परेको थियो ।
बाढीले बगाएर लगेको यु चि झुको शव सिन्धुलीमा फेला परेको थियो । बुधवार बिहान बलेफी गाउँपालिकास्थित ब्रह्मायणी नदीमा पनि करिब ७ वर्षीय बालिकाको शव फेला परेको थियो । सो शव स्वभाविक मृत्युपछि गाडेको र बाढीले उतारेको हुनसक्ने डिएसपी सापकोटाले बताए ।
राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा बाढीले बगाएर १६ जना बेपत्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण