शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली नदीमा बाढी आउनसक्ने चेतावनी

शनिबार, ०५ असार २०७८, २३ : ०९
शनिबार, ०५ असार २०७८

कञ्चनपुर जिल्लाका भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका  लगायत महाकाली नदी तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरी बढ्दो अवस्थामा रहेको भन्दै तल्लो तटीय क्षेत्रमा सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरिएको हो ।

शनिबार राती १० बने एसएमसमार्फत जारी गरिएको सूचनामा महाकाली नदी तल्लो तटीय क्षेत्रका डुबान भइरहने होचा स्थानमा हुनेहरूलाई आइतबार दिउँसो सम्मै उच्च सतर्कताका साथ रहन आग्रह गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप