शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महानगरपालिकाको बजेट स्वागतयोग्य छ : होटल सङ्घ

शुक्रबार, ११ असार २०७८, २३ : ०५
शुक्रबार, ११ असार २०७८

होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घले काठमाडौँ महानरपालिकाको हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–८९ को बजेटलाई स्वागत गरेको छ । महानगरको नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट उपलब्ध गराएकोमा सङ्घले एक विज्ञप्तिमार्फत काठमाडौँ महानगरपालिकाका नगर प्रमुखलगायत नगरपालिकाका पदाधिकारीलाई धन्यवाद व्यक्त गरेको हो ।

कोभिड–१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड–१९ ले सङ्कटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएको कारणले होटलहरूलाई ठूलो राहत मिलेको सङ्घले जनाएको छ । काठमाडौँ महानगरपालिकाले होटल सङ्घ नेपालको सुझावलाई मनन गरी गत वर्ष ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको थियो ।

महामारीको अहिलेको अवस्थामा होटल तथा पर्यटन उद्योग पूर्ववत् रूपमा फर्कन अझै ५ वर्ष लाग्ने विज्ञहरूले प्रक्षेपण गरेको समयमा यस उद्योगको संरक्षण र सम्वर्द्धनका लागि आव २०७८–७९ को लागि काठमाडौँ महानगरपालिकाले होटलहरूले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्तिकर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुट दिएको छ ।

साथै यस किसिमको सहुलियत आगामी वर्षका लागि पनि पर्यटनको अवस्था राम्रो नभएसम्म निरन्तर हुनेमा सङ्घले विश्वास व्यक्त गरेको छ । अन्य स्थानीय निकायहरूको तर्फबाट समेत पर्यटन पुनरुत्थानको लागि यस प्रकारको सहयोगका लागि सङ्घले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप